Logo

सिजी ल्यान्डमार्कको सपिङ धमाका योजना, ब्रान्डेड सामानमा ८० प्रतिशतसम्म छुट

सिजी ल्यान्डमार्कको सपिङ धमाका योजना, ब्रान्डेड सामानमा ८० प्रतिशतसम्म छुट



काठमाडौं । सिजी ल्यान्डमार्कले नयाँ वर्षको अवसरमा सपिङ धमाका योजना सार्वजनिक गरेको छ । चितवनको भरतपुरमा ‘सहरभित्रको सहर’ अवधारणामा सञ्चालित सपिङ कम्प्लेक्सले चैत्र २५ देखि वैशाखसम्मका लागि उपभोक्तामुखी प्रवद्र्धन योजना सार्वजनिक गरेको हो ।

laxmi

चाडपर्व तथा अन्य खुसियालीको अवसरमा उपभोक्तामुखी प्रवद्र्धन योजना ल्याउने परम्परालाई सुरुदेखि नै निरन्तरता दिँदै आएको सिजी ल्यान्डमार्कले यसपालि ब्रान्डेड सामानमा भारी छुटसहित उक्त अफर ल्याएको जानकारी दिएको छ ।
‘सपिङ धमाका’ नाममा सार्वजनिक गरिएको प्रवद्र्धन योजनामा उपभोक्ताले ८० प्रतिशतसम्म छुटमा विश्वविख्यात विदेशी र स्वदेशी ब्रान्डका सामान खरिद गर्न पाउने छन् । तुलनात्मक रुपमा महँगो हुने ब्रान्डेड सामान खरिद गर्न नसक्ने उपभोक्तालाई समेत त्यस्ता सामानमा पहुँच पुगोस् भनेर यस्तो अफर ल्याइएको महा प्रबन्धक उज्वल केसीले बताए ।

सिजी ल्यान्डमार्कमा ख्यातिप्राप्त अन्तर्राष्ट्रिय र स्वदेशी ब्रान्डका सामान एउटै छानामुनि किनमेल गर्न पाइन्छ । चितवनमा ब्रान्डेड सामानको फराकिलो संग्रहबाट विकल्प रोज्न पाइने एकमात्र गन्तव्य सिजी ल्यान्डमार्क नै हो । चितवनका अन्य आउटलेटमा किन्न नपाइने सामान यहाँ उपलब्ध रहेको मल मेनेजर केसीको भनाइ छ ।

यहाँ पिटर इंग्ल्यान्ड, जिनीजोनी, युएस पोलो, बेनेटन, लिनिङ, स्केचर्स, युसुप्सो, पेपे जिन्स, मेडम, कन्भर्स, भ्यान्स, एप्पल, सामसङ, एलजी, ब्ल्याक क्याट, केएफसी, ब्रोकेड, टे«सर, सेमीर, मिनिक्लब, योनेक्सलगायतका अथोराइज्ड आउटलेटहरु छन् । सिजी ल्यान्डमार्कमा फेसन ब्रान्डदेखि गजेट्ससम्म, खानेकुरादेखि खेलकूदका सामग्रीसम्मका विश्व प्रशिद्ध ब्रान्ड पाउन सकिन्छ ।

यहाँ अन्तर्राष्ट्रिय स्तरमै ख्याति कमाएका स्वदेशी ब्रान्डहरु डुल्ला, सोनम, नोभेम्बर, ब्ल्याक फरेस्ट, पपेट, केटिएम सिटी, कुपिड, रेड रिबन आदिका अथोराइज्ड आउटलेटहरु पनि छन् । चितवनमा विश्वस्तरीय सुविधा र विशेषतायुक्त एक्लो सपिङ कम्प्लेक्समा सुरक्षा गार्ड र सिसी क्यामेराले निगरानी गर्ने व्यवस्थित पार्किङ, व्यवस्थित शौचालयलगायत सुविधा छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL