Logo

१८ अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्ब ४१ करोड

१८ अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्ब ४१ करोड



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १८.१५ अंकले घटेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको बजार अन्तिममा दोहोरो अंकको गिरावटसहित १९ सय १५ को विन्दुमा आएर रोकिएको हो ।

laxmi

बिहीबार दिनभर २ सय ५९ कम्पनीका ४३ लाख ४० हजार २ सय ७० कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ४१ करोड ३१ लाख ७२ हजार माथि पुगेको छ ।

आज दिनभरको कारोबारमा १ सय ७९ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा २८ कम्पनीको सेयरमूल्य उकालो लागेको छ । दुई जलविद्युत कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको नेप्सेले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL