Logo

हुण्डाईको नयाँ ‘ग्रान्ड आइ १० नियोस’ नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता

हुण्डाईको नयाँ ‘ग्रान्ड आइ १० नियोस’ नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता



काठमाडौं । नेपालका लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ह्याचब्याक सेग्मेन्टमा ग्रान्ड आइ१० एनआइओएस नेपालमा सार्वजनिक गरेको छ ।

laxmi

अझ बढी परिस्कृत, आरामदायी र नबिनतम फिचरले भरिएको उक्त नयाँ मोडल कम्पनीले प्रवर्धन गरे जस्तै ‘मोर द मेरियर’ छ । पूर्व मोडलको तुलनामा ह्याचब्याकको प्रतिस्पर्र्धी बजारमा यसको आकर्षक डिजाइन, विशिष्ट सुविधाहरू र सुरक्षा जस्ता विभिन्न विशेषताहरुका कारण नयाँ आयाम स्थापित गर्ने विश्वास कम्पनीले लिइएको छ ।

उक्त मोडलको गाडी समयसापेक्ष प्रस्तुती र अत्याधुनिक विशेषताहरू सहित तयार गरिएको कम्पनीले जानकारी दिएको छ । गाडीको पछिल्लो भागमा यो सेगमेन्टमै पहिलो पटक राखिएको विस्तारित एलइडी टेल लाइट जडित लाइटबारले नयाँ मोडललाई विशेष स्वरुप दिएको बताईएको छ ।

सुरक्षाको हिसाबले यो गाडी पहिले भन्दा पनि बढी परिष्कृत र नबिनतम भएको छ । पहिले भन्दा अझ बलियो र सुरक्षित यो गाडीमा चालक तथा यात्रुको सुरक्षाको लागि ४ ओटा एयरब्याग राखिएको छ ।

यो गाडीले नेपाली अटोमोबाइल क्षेत्रमा नयाँ आशा र उत्साहको सञ्चार गर्ने विश्वास कम्पनीले लिएको छ । हुन्डाई नेपाल उत्कृष्ट कारहरु संगै आकर्षक अफर, सर्वोत्कृष्ट ग्राहक सेवा र आफ्टर सेल्स सर्भिसका लागि चिर परिचित रहेको छ । कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरू मार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङको सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL