Logo

नवौँ संस्करणको नेपाल अन्तरराष्ट्रिय व्यापार मेला आयोजना हुँदै, स्टल बुकिङ खुला

नवौँ संस्करणको नेपाल अन्तरराष्ट्रिय व्यापार मेला आयोजना हुँदै, स्टल बुकिङ खुला



काठमाडौं । यसवर्ष नेपाल अन्तरराष्ट्रिय व्यापार मेला आगामी चैत्र २ देखि ६ गतेसम्म काठमाडौमा आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै सो जानकारी दिइएको हो ।
कोरोना महामारिका कारण महासंघले हरेक वर्ष आयोजना गर्दै आएको अन्तरराष्ट्रिय व्यापार मेला गएको २ वर्ष आयोजना हुन सकेको थिएन ।

अन्तरराष्ट्रिय व्यापार मेलामा भाग लिन चाहनेका लागि आजैबाट स्टल बुकिङ खुला समेत गरिएको महासंघले जानकारी दिएको छ । नेपाल अन्तरराष्ट्रिय व्यापार मेला २०२३ नवौँ संस्करण हो ।

यस वर्षको मेलाको लागि चीनबाट, भारतबाट, पाकिस्तानबाट, बङ्गलादेशबाट र भुटानबाट सहभागिता रहने छ । मेलामा नेपाली हस्तकला र एनटीआइएस उत्पादनहरुका साथै मेड इन नेपाल बस्तुहरुको प्रर्दशनी गरिने छ । यस वर्ष पहिलो पटक महासंघका १ सय २३ वटा सदस्य वस्तुुगत संघहरुका उत्पादन तथा सेवाको विशेष प्रदर्शनी समेत हुनेछ ।

नेपाल सरकार÷उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रबद्र्धन केन्द««को प्रबद्र्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह आयोजनामा क्यालेन्डर इभेन्टको रूपमा उक्त मेला आयोजना हुन लागेको हो ।

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२३ नेपाली उत्पादनलाई अन्तरराष्ट्रिय बजारमा प्रबद्र्धन गर्ने एक सशक्त माध्यम बन्दै आएको छ । मेलामा एनटीआइएसका उत्पादनहरुको प्रदर्शनीबाट नेपालको औद्यँेगिक व्यवसायिक विकासका सम्भाव्यताका विषयमा जानकारी गराउन थप सहयोग पुग्ने विस्वास लिएको छ ।

कुल ३०० भन्दा बढी स्टल मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिने छ । मेलामा नेपाल सहित सार्क मुलुकहरु,चीन, थाइल्यान्ड, म्यानमार, लगायतका देशहरुको सहभागिता रहने छ । मेलामा सार्क राष्ट्र सहित चीन, कोरिया, जापान, लगायतका देशहरुबाट क्रेताहरु आउने अपेक्ष्ाँ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL