Logo

सेयर लगानीकर्ताको मनोविज्ञानमा कांग्रेस समर्थनको त्रास, यसकारण ओरालो लाग्यो बजार

सेयर लगानीकर्ताको मनोविज्ञानमा कांग्रेस समर्थनको त्रास, यसकारण ओरालो लाग्यो बजार



काठमाडौं । नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकार बनेसँगै लगातार उकालो लागेको सेयर बजारमा विश्वासको मत लिएसँगै पुनः घट्न सुरु गरेको छ । कम्युनिष्ट नेतृत्वमा बनेको सरकारमा अन्तिम समयमा अब्यवहारिक रुपमा कांग्रेसले समेत विश्वासको मत दिएपछि सेयर लगानीकर्तामा शंका पैदा हुन थालेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘यसअघि एमाले सहितको जुन गठबन्धनमा सरकार बनेको थियो त्यसले देशमा कम्तीमा २ वर्षसम्म स्थिर सरकार रहन्छ भन्ने सन्देश दिएको थियो,’ एक लगानीकर्ताले भने, ‘तर अन्तिम समयमा आएर कांग्रेसले सरकारलाई विश्वासको मत दिनुले देशमा थप अस्थिरता निम्तन सक्छ भन्ने सन्देश दिएको छ ।’

laxmi

कम्तीमा २ वर्षसम्म स्थिर सरकार रहने र सेयर बजारमैत्री छवी बनाएका विष्णु पौडेल अर्थमन्त्रीमा नियुक्त भएसँगै लगानीकर्तामा उत्साह आएको थियो । सोही अनुरुप बजारमा नयाँ एवं ठूला लगानीकर्ताको प्रवेशले दैनिक कारोबार रकम ७ अर्ब रुपैयाँभन्दा माथि पुगेको थियो । तर कांग्रेसले पनि विश्वासको मत दिने निर्णयसँगै सरकारको आगामी बाटो अस्थितरतामा धकेलिने स्पष्ट संकेतका कारण लगानीकर्ताको मनोवलमा गिरावट आउँद बजार घट्न पुगेको सम्बद्ध लगानीकर्ताहरुनै बताउँछन् । ‘बजार अन्य सरकारात्म वा नकारात्मक विषयभन्दा पनि लगानीकर्ताको मनोविज्ञानमा चल्छ,’ ती लगानीकर्ताले भने, ‘नयाँ सरकार गठनसँगै कुनै पनि कुरामा सुधार नआउँदा पनि बजारमा एकाएक सुधार आएको थियो तर सरकारलाई कांग्रेसले समेत समर्थन गरेर विश्वासकोे मत दिएसँगै लगानीकर्ताको मनोविज्ञान खलबलिन पुग्यो ।’

पछिल्लो समय तरलताको सहजता र बैंकर्स संघले निक्षेपमा दिने ब्याजदर घटाउने निर्णय गरेसँगै बजार बढ्नु पर्नेमा नकारात्मक भई ४१ अंकले घट्नु राम्रो संकेत नभएको अर्का एक लगानीकर्ताले बताए । ‘एकातर्फ राजनीतिक खिचातानीले लगानीकर्ताको मनोविज्ञानमा नकारात्मक प्रभाव पर्यो भने अर्कोतर्फ पुस मसान्तका लागि रकमको जोहो गर्नुपर्ने दबाबमा लगानीकर्ता छन्,’ ती लगानीकर्ताले भने, ‘जसका कारण बजारमा अन्तिम समयमा सेलिङ प्रेसर देखियो ।’

पुसको अन्तिम कारोबार दिन नेप्से ४१ अंकले घट्दा बजारमा ५ अर्ब ४७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । जसमा १०५ कम्पनीको १ करोड ४४ लाख कित्ता सेयर खरिदबिक्री भएको थियो । तर घट्दो बजारमा कुमारी धनवृद्धि योजना, सिंगटी हाइड्रोले बढेर सर्किट हानेको छ । यस्तै बाराही हाइड्रो, हिमालयन ऊर्जा लगायत कम्पनीको सेयर मुल्यमा समेत बढ्न पुगेको छ । साताको अन्तिम दिन १८४ कम्पनीका लगानीकर्ताले गुमाउँदा २१ कम्पनीका लगानीकर्ताले भने कमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL