Logo

नेपाल इलेक्ट्रिक पावर लाइट्स अन्तरराष्ट्रिय प्रदर्शनी हुँदै, भारतीय उत्पादनको प्रवर्द्धन

नेपाल इलेक्ट्रिक पावर लाइट्स अन्तरराष्ट्रिय प्रदर्शनी हुँदै, भारतीय उत्पादनको प्रवर्द्धन



काठमाडौं । आगामी माघ ६ देखि माघ ८ सम्म भृकुटी मण्डपमा ‘नेपाल इलेक्ट्रिक पावर लाइट्स अन्तरराष्ट्रिय प्रदर्शनी’ हुने भएको छ । नेपालमा पहिलोपल्ट हुन लागेको उक्त प्रदर्शनी अन्तरराष्ट्रिय उर्जा र विद्युतसँग सम्बन्धित प्रदर्शनी हो ।
मिडिया स्पेस सोलुसन्सका साथै एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि तथा फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रालिको संयोजकत्वमा उक्त प्रदर्शनी आयोजना हुन लागेको हो ।

laxmi

उक्त प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढि कम्पनीहरुको स्टल रहने छन् । नेपाल इलेक्ट्रिक पावर लाइट्स् प्रदर्शनीले आधारभूत रूपमा तीन सोचहरूको समायोजन गर्न खोजेको आयोजकले जानकारी दिएको छ । प्रदर्शनी, सम्मेलन र साझेदारी यी तीन सोचहरूबाट नेपालमा विद्युत तथा उर्जासँग आबद्ध विभिन्न उद्योगहरूले आपसी साझेदारी गर्ने, सम्बन्ध बढाउने तथा व्यवसायका अवसरहरू निर्माण गर्ने केन्द्रको भूमिका निर्वाह गर्दछ । यी उद्योग नेपालमा सबैभन्दा बढी माग भएका क्षेत्रहरूमध्ये भएकाले यीनिहरुको माग पनि दक्षिण एसियाली क्षेत्रभित्र द्रूत रूपमा वृद्धि भइरहेको पाईन्छ ।

नेपालमा इलेक्ट्रोनिक्स क्षेत्रको राजस्व सन् २०२२ मा अमेरिकी डलर ३६ करोड पुग्ने प्रक्षेपण गरिएको थियो । इलेक्ट्रोनिक्स क्षेत्रमा सन् २०२७ सम्ममा प्रयोगकर्ताको संख्या १.३९ करोड पुग्ने अपेक्षा गरिएको छ । नेपालभित्र आयात हुने करिब ६० प्रतिशत इलेक्ट्रोनिक तथा विद्युतीय उपकरण भारतबाट आउने भएका कारण पनि यो प्रदर्शनीमा भारतीय सरोकारवालाको सहभागिता हुने बताईएको छ ।

नेपालको अर्थतन्त्रमा उर्जा र उर्जा क्षेत्रको पनि महत्वपूर्ण भूमिका छ । बायोमास, तेल उत्पादन, कोइला, जलविद्युत र बिजुली नेपालमा उर्जाका प्रमुख स्रोतहरू हुन् । नेपालको विद्युतीकरण दर दक्षिण एसियाली क्षेत्रका अन्य देशको तुलनामा करिब ७६ प्रतिशत छ । नेपाल जलविद्युत, सौर्य, वायु, बायोग्यास र विभिन्न प्रकारका बायोमास उर्जा समावेश गरी नवीकरणीय उर्जाका स्रोतहरूले भरिपूर्ण छ ।

यो अन्तर्राष्ट्रिय प्रदर्शनीमा आगन्तुकहरूलाई प्रवेश निःशुल्क गराइएको छ, र साथै विद्युत, विद्युतीय उपकरण र बत्तीसँग सम्बन्धित क्षेत्रहरूमा प्राविधिक सामग्री र ज्ञान साझेदारी निर्माण गर्ने उद्देश्यसहितको सम्मेलनका कार्यक्रमहरू पनि गराइनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL