Logo

राजनीतिक अस्थिरताले जुवाघरमा परिणत सेयर बजार, कांग्रेस सरकारको पक्षमा उभिएसँगै उच्च गिरावट

राजनीतिक अस्थिरताले जुवाघरमा परिणत सेयर बजार, कांग्रेस सरकारको पक्षमा उभिएसँगै उच्च गिरावट



काठमाडौं । नेकपा एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएलगत्तै उच्च अंकले बढ्न सुरु गरेको सेयर बजारमा कांग्रेसको इन्ट्रीसँगै सोही अनुरुपको गिरावट आएको छ । कम्युनिष्ट नेतृत्वको सरकारमा यसअघि सेयर बजारमैत्री छवी बनाएका विष्णु पौडेल अर्थमन्त्री हुने हल्लासँगै उच्च रुपमा बढ्न थालेको नेप्से परिसुचक सरकारलाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिने हल्लासँगै घट्न थालेको हो ।

नयाँ सरकार गठनसँगै लगातार उच्च अंकले बढ्दै आएको नेप्से परिसुचक मंगलबार (आज) कारोबार खुलेको केहीसमयसम्म पनि सोही अनुरुप बढ्न पुगेको थियो । करोबार खुलेसँगै लगातार बढेको बजारमा १२ः४० बजेसम्म ६६ अंकले बढ्न पुगेको थियो । तर नेपाली कांग्रेसले पार्टीगत रुपमा निर्णय गरेर प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने बताएसँगै बजारमा पुनः गिरावट आएको छ । दिभरको उतारचढवालाई विश्लेषण गर्दा कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेसँगै नेप्से परिसुचकमा ८७ अंकको उतारचढाव भएको छ । मंगलबार बिहान २२११ अंकबाट बढ्न सुरु गरेको नेप्से २२७७ अंकमा पुगेर सरकारलाई कांग्रेसले विश्वासको मत दिने हल्लासँगै अन्तिममा २१ अंकले घटेर बन्द भएको छ ।

कांग्रेसले पनि विश्वासको मत दिने निर्णयसँगै सरकारको आगामी बाटो अस्थितरतामा धकेलिने स्पष्ट संकेतका कारण लगानीकर्ताको मनोवलमा गिरावट आउँद बजार घट्न पुगेको थियो । यसअघि पनि नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा नेतृत्वको सरकारको समयमा नेप्सेमा उच्च गिरावगट आएको थियो । लगानीकर्ताले सरकारले चुनावी मिति घोषणागरेसँगै बजार बढ्ने आशा गरेका थिए । तर चुनाव भएर कसको नेतृत्वमा सरकार बन्द भन्ने विषयमा टुङ्गो नलाग्दासम्म बजारमा लगातार गिरावट आएको थियो । तर एमालेको समर्थनमा प्रचण्डको नेतृत्वमा सरकार बनेको सरकारमा विष्णु पौडेल अर्थमन्त्री भएर आएसँगै बजारमा सुधार आएको थियो ।

‘सेयर बजार भनेको लगानीकर्ताको मनोविज्ञान अनुसार चल्ने हो,’ एक लगानीकर्ताले भने, ‘प्रचण्ड नेतृत्वमा सरकारमा यसअघि सेयर बजारमैत्री भनेर चिनिएका पौडेल अर्थमन्त्रीमा आएसँगै लगानीकर्ताको आत्मबल बढेर बजारमा उच्च अंक चुम्न सुरु गरेको थियो तर कांग्रेसले विश्वासको मत दिने भएसँगै देश अस्थिरतातर्फ जाने संकेतले लगानीकर्तामा पुनः निरास पैदा भयो ।’ देश पुनः अस्थितरतातर्फ जाने संकेतले लगानीकर्ताले अन्तिम समयमा सेलिङ प्रेसर ल्याएका छन् । जसका कारण साढे १२ बजेसम्म १० प्रतिशतले बढेर सर्किट आएको कम्पनीको सेयर मूल्य समेत अन्तिम समयमा घट्न पुगेका छन् ।

अन्तिम समयमा सेलिङ प्रेसर आउँदा बजारमा कारोबार रकम समेत बढ्न पुगेको छ । लगानीकर्ताले अतालिएर जति मुल्यमा खरिदकर्ता पायो सोही मुल्यमा सेयर बिक्री हुँदा ७ अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार हुन पुगेको छ । जसमा २५४ कम्पनीको २ करोड ८ लाख कित्ता सेयर खरिदबिक्री भएको छ । जसमा १५१ कम्पनीका लगानीकर्ताले आफ्नो सम्पती गुमाउन पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL