Logo

टोयोटा इटिओस परिस्कृत भर्सन बजारमा

टोयोटा इटिओस परिस्कृत भर्सन बजारमा


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

२९ मंसिर, काठमाडौं । टोयोटा गाडीको नेपालका लागी आधिकारीक बितरक युनाइटेड ट्रेडर्स सिन्डीकेट प्रालिले इटिओस परिवारको परिस्कृत भर्सनको गाडी नेपाली बजारमा भित्र्याएको छ ।
टोयोटा इटिओस परिवारले कम्प्याक्ट फ्यामीलि ह्याचब्याक, आरामदायी सेडानदेखि एड्भेन्चर ह्याचब्याक कारहरुसहित उत्साहप्रद श्रेणीका गाडिहरु प्रदान गर्नेछ । जसले टोयोटाको पूरै डिजाइन र उत्पादनको तस्विरलाई प्रतिबिम्बित गर्ने कम्पनीको दावी छ ।

कम्पनीका अनुसार हाल बजारमा ल्याएका यी गाडीहरुले गुणस्तर, दिगोपना, विश्वसनीयतासहित विश्वभरका मानिसहरुको मन जित्न सफल भएको छ ।
टोयोटा इटिओसले स्टाइल, आरामदायी, प्रदर्शन (परफरमेन्श) र सुरक्षाको सम्पूर्ण प्याकेज प्रदान गर्नेछ । प्राक्टिकल, दक्ष र आकर्षक मूल्यसहित आउने टोयोटाले यो संभव बनाएको हो । कर्पोरेट क्षेत्रका व्यवस्थापकहरु, विभागीय प्रमुखहरु, युवा उद्यमीहरु, डाक्टरहरु, इन्जिनियरहरु र व्यावसायीक कार्यकारीहरुका लागी यो कार पूर्णरुपमा उपयुक्त हुने कम्पनीको दावी छ ।

1401195492toyota-etios-cross-exterior-047

नयाँ इटिओस परिवारको परिस्कृत भर्सनमा निम्नलिखित परिवर्तनहरु रहेका छन् ।

बाहिरी डिजाइन

नयाँ परिस्कृत भर्सनमा फ्रन्ट ग्रीले (क्रोम) र टर्न सिग्नल अन ओआरभिएम रहेको छ । साथै, यसमा इलेक्ट्रोनिक्स एडजस्टेबल ओआरभिएम समेत रहेको छ । इटिओस सेडान र इटिओस लिभामा नयाँ उड फिनिस आर्मरेष्ट रहेको छ भने इटिओस सेडान र इटिओस लिभामा रिभर्स पार्किङ सेन्सर रहेको छ ।

भित्री डिजाइन

गाडीको भित्री डिजाइमा नयाँ एलसीडी डिस्प्ले र डिजीटल घडीका साथ कम्बाइमिटर तथा
इटिओसमा अग्रभागमा भएको स्पीकरहरुका अतिरिक्त २ नयाँ रियर स्पीकरहरु रहेको छ । गाडीको अ्रभागमा चालक तथा यात्रुको लागि परिस्कृत गरिएका एसआरएस ब्यागहरु समेत राखिएको कम्पनीले जानकारी दिएको छ । सिटबेल्ट, डोर अजार तथा हेडल्याम्पका लागि नयाँ चेतावनी घण्टी (बजर) लयातका सुविधा रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL