Logo

साताको अन्तिम दिन उच्च अंकले बढ्यो नेप्से, कारोबार रकम पौने ३ अर्ब बढी

साताको अन्तिम दिन उच्च अंकले बढ्यो नेप्से, कारोबार रकम पौने ३ अर्ब बढी



काठकाडौं । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च वृद्धि देखिएको छ । २ दिन लगातार वृद्धिपछि बुधबार करेक्सन भएको नेप्से बिहीबार पुनः ५६.८८ अंकले बढ्दै २०२९ को विन्दुमा पुगेको हो ।

laxmi

आज कारोबार अवधिभर २ सय ५७ कम्पनीका ८० लाख २४ हजार ५ सय ५९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ८६ करोड ३ लाख ४५ हजार माथि पुगेको छ ।

बिहीबार १० कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्कित लागेको थियो । सकारात्मक सर्किट लागेकालगायत २ सय ८ कम्पनीको सेयरमूल्य उकालो लाग्दा अन्य ६ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL