Logo

टिकेन नेप्सेको उकालो यात्रा, परिसुचक दोहोरो अंकले घट्दा कारोबार रकममा पनि गिरावट

टिकेन नेप्सेको उकालो यात्रा, परिसुचक दोहोरो अंकले घट्दा कारोबार रकममा पनि गिरावट



काठमाडौं । साताको २ दिन सोमबार र मंगलबार उच्च अंकले बढेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचकमा ब्रेक लागेको छ । नयाँ अर्थमन्त्रीमा विष्णु प्रसाद पौडेलको पुनर्आगमनसँगै उचालिएको भनिएको नेप्से पुनः बुधबार भने दोहोरो अंकले घटेको हो । आज नेप्से ११.८१ अंकले बढ्दै १९ सय ७२ को विन्दुमा पुगेर रोकिएको छ ।

laxmi

यससँगै आज कारोबार रकममा पनि गिरावट आएको नेप्सेले जानकारी दिएको छ । कारोबार समयको सुरुवातिदेखि अन्तिमम्म बुधबार २ सय ५७ कम्पनीका ६५ लाख ३० हजार ४ सय १५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब १५ करोड ३५ लाख ४७ हजार रुपैइाँमा सिमिति भएको छ । मंगलबार कारोबार पौने ४ अर्ब नजिक पुगेको थियो ।

आज परिसुचक ओारालो लागेपनि सेन्ट्र फाईनान्स, प्रभु जिवन बीमा कम्पनी र धौलागिरी लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने अन्य ३ कम्पनीको सेयरमूल्य सर्किट नजिक पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL