Logo

नयाँ सरकार गठनसँगै यसकारण सेयर बजारमा देखियो उत्साह, नेप्सेले हाफ सेन्चुरी हान्दा कारोबार २ अर्ब माथि

नयाँ सरकार गठनसँगै यसकारण सेयर बजारमा देखियो उत्साह, नेप्सेले हाफ सेन्चुरी हान्दा कारोबार २ अर्ब माथि



काठमाडौं । नयाँ सरकार गठनसँगै सेयर बजारमा उत्साह देखिएको छ । प्रधानमन्त्रीमा हिजो बेलुकी पुष्पकमल दाहाल (प्रचण्ड) नियुक्त भएसँगै आज विहानदेखि खुलेको नेप्से उच्च अंकले बढ्न पुगेको हो ।

laxmi

प्रचण्ड नेतृत्वको सरकारमा नेकपा एमाले सहित ७ दलको सहभागिता रहेको र अब बन्ने मन्त्रीमण्डलमा एमालेकै तर्फबाट विष्णु पौडेल अर्थ मन्त्री हुने भएका छन् । साथै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी एमाले नेतृत्वको सरकार हुँदा नियुक्त भएका र एमालेकै अर्थमन्त्री हुँदा त्यसले सकारात्मक प्रभाव पार्ने भन्दै लगानीकर्ताहरुमा सकारात्कम सन्देश गएको एक लगानीकर्ताले जानकारी दिए ।

‘पछिल्लो समय अर्थमन्त्री र गभर्नरबीच समन्वय नहुँदा त्यसको पिडा सेयर बजारका लगानीकर्ताले भोग्दै आएका थिए,’ एक ठूला लगानीकर्ताले भने, ‘अब एउटै पार्टीको गभर्नर र अर्थमन्त्री हुँदा समन्वयमा सहज हुने भन्दै लगानीकर्ताको मनोविज्ञानमा सकारात्मक प्रभाव पर्दा सेयर बजार उच्च अंकले बढ्न पुगेको छ ।’

अर्थमन्त्रीमा बिहानैदेखि पूर्व अर्थमन्त्री विष्णु पौडलेको चर्चा भएपछि बजार खुलेसँगै उकालो यात्रा तय गरेको थियो । बजार खुलेदेखिनै उकालो यात्रा तय गरेको बजार अन्तमा ५६.८६ अंकले बढेर बन्द भएको छ । यसैगरी कारोबार रकम पनि २ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ । बजारमा अन्तिम समयमा गोर्खाज फाइनान्सको सेयर मूल्य बढेर सर्किट हानेको थियो भने १ दर्जन कम्पनीको सेयर मूल्य सर्किट नजिक पुगेका थिए । यस अघि पनि विष्णु पौडेल अर्थमन्त्री हुँदा नेप्से परिसुचकले हालसम्मकै उच्च विन्दु कायम गर्न सफल भएको थियो ।

तर उच्च अंकले बढेको बजारमा नेपाल टेलिकमलगायत १० कम्पनीका सेयर लगानीकर्ताले भने गुमाउन पुगेका थिए । मूल्य घट्दा पनि नेपाल टेलिकमको सबैभन्दा बढी २० करोड ८८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL