Logo

नेपाल डिस्टीलरिजले बजारमा ल्यायो ४० युपीको मदिरा, अल्कोहलको मात्रा अन्यको तुलनामा कम

नेपाल डिस्टीलरिजले बजारमा ल्यायो ४० युपीको मदिरा, अल्कोहलको मात्रा अन्यको तुलनामा कम



काठमाडौं । ‘दि नेपाल डिस्टीलरिजले ४० युपी सेगमेन्टको नयाँ मदिरा बजारमा ल्याएको छ । लामो समयदेखि २५ यूपी र ३० यूपीको रम तथा मदिरा उत्पादन गर्दै आएको कम्पनीले ४० युपीको नयाँ उत्पादन ‘कर्दा ट्रिपल एक्स’ बजारमा ल्याएको हो ।

laxmi

उक्त ४० युपी सेगमेन्टमा नेपाली बजारमा उपलब्ध मध्येकै स्तरीय मदिरा रहेको ‘दि नेपाल डिस्टीलरिज’का महाप्रबन्धक शुभाष लामिछानेले जानकारी दिए ।

उनका अनुसार ग्राहकको यो सेगमेन्टका मदिराप्रति पछिल्लो समय बढेको आकर्षणलाई सम्बोधन गर्दै कम्पनीले ‘कर्दा ट्रिपल एक्स’ बजारमा ल्याएको हो । यसमा अल्कोहलको मात्रा २५ र ३० यूपीको मदिरामा भन्दा कम हुन्छ ।

रम फ्लेवरको यो मदिरा तातोपानी वा कोलासँग मिसाएर खान मिल्छ । यो मदिरा ७५० एमएल, ३७५ र १८० एमएलको प्याकेजिङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL