Logo

बजार ५ अंकले घट्दा पनि २ कम्पनीको सेयरमूल्यमा सर्किट, कारोबार रकममा गिरावट

बजार ५ अंकले घट्दा पनि २ कम्पनीको सेयरमूल्यमा सर्किट, कारोबार रकममा गिरावट



काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ५.८९ अंकले ओरालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिममा ५.८९ अंकले ओरालो लाग्दै १८ सय ६७ को विन्दुमा पुगेर रोकिएको हो । आज बजार घट्दा पनि आँधिखोला र सिर्जनशिल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सर्किट ब्रेकर लागेको छ ।

laxmi

आज दिनभर भएको कारोबारमा २ सय ५२ कम्पनीका २४ लाख ४० हजार ३ सय ७ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम हिजोको तुलनामा केहि कम ८६ करोड ३८ लाख १५ हजार ५ सय ६१ रुपैयाँ पुगेको छ ।

आज दिनभर कुल ६३ कम्पनीको सेयरमूल्य बढ्दा अन्य १ सय ४० कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL