Logo

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम ९३ करोडमा सीमित

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम ९३ करोडमा सीमित



काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढेको छ । पछिल्लो समय उच्च उत्तारचढाव भईरहेको नेप्से मंगलबार भने १४.२२ अंकले बढ्दै १८ सय ७३ को विन्दुमा पुगेर रोकिएको हो ।

laxmi

आज दिनभर २ सय ५७ कम्पनीका ३० लाख २२ हजार ५२ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ९३ करोड ८ लाख ३९ हजार रुपैयाँमै सीमित भएको छ ।

आज दिनभरको कारोबारमा आँधीखोला लघुवित्त, सिर्जनशिल लघुवित्त र धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा डवल सर्किट लागेको छ । यससँगै मंगलबार १ सय ५२ कम्पनीको सेयरमूल्य उकालो लाग्दा ४६ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL