Logo

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम ८८ करोड ६० लाखमै सीमित

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम ८८ करोड ६० लाखमै सीमित



काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि सामान्य उत्तारचढाव भएको नेप्से अन्तिममा ३.८३ अंकले बढ्दै १८ सय ५८ को विन्दुमा पुगेर रोकिएको हो ।

laxmi

आज दिनभर २ सय ५१ कम्पनीका २६ लाख ९९ हजार ३ सय ३१ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८८ करोड ६० लाख ९८ हजार रुपैयाँमा सिमित भएको छ ।

आज दिनभर १ सय २५ कम्पनीको सेयरमूल्य उकालो लाग्दा ७२ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । यस्तै आज धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा डबल सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL