Logo

२७ अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्ब १५ करोडमाथि

२७ अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्ब १५ करोडमाथि



काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक २७.५४ अंकले ओरालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि ओरालो लागेको नेप्से परिसुचक अन्तिममा दोहोरो अंकले घटेर १८ सय ५५ को विन्दुमा पुगेर रोकिएको हो ।

laxmi

आज दिनभर भएको कारोबारमा २ सय ५० कम्पनीका ३७ लाख ७८ हजार ९ सय ५१ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब १५ करोड ७१ लाख ५५ हजार रुपैयाँ बढि पुगेको छ । आज २५ कम्पनीको सेयरमूल्य उकालो लाग्दा १ सय ८० कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL