Logo

साताको अन्तिम दिन दोहोरो अंकले घटेर बन्द भयो नेप्से, १ अर्ब १९ करोडको कारोबार

साताको अन्तिम दिन दोहोरो अंकले घटेर बन्द भयो नेप्से, १ अर्ब १९ करोडको कारोबार



काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेर बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि ओरालो यात्रा तय गरेको बजार अन्तिम समयमा १५.६५ अंकले घट्दै १८ सय ८१ को विन्दुमा पुगेर रोकिएको हो ।

laxmi

आज दिनभर भएको कारोबारमा २ सय ५४ कम्पनीका ४८ लाख ४ हजार २ सय ७९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने १ अर्ब १९ करोड २६ लाख १६ हजार माथि पुगेको छ ।

आज दिनभरको कारोबारमा २८ कम्पनीको सेयरमूल्य बढ्दा रुरु र ईस्टर्न हाइड्रोपावर कम्पनीको सेयरमूल्य सर्किट नजिक पुगेर बन्द भएका छन् । यस्तै आज १ सय ६७ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा १५ कम्पनीको सेयरमूल्य यथावत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL