Logo

दोहोरो अंकले बढेर बन्द भयो नेप्से, कारोबार रकम १ अर्ब ३२ करोड माथि

दोहोरो अंकले बढेर बन्द भयो नेप्से, कारोबार रकम १ अर्ब ३२ करोड माथि



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ११ दशमलव २२ अङ्कले उकालो लागेर १ हजार ९ सय ६१ दशमलव शुन्य ६ को विन्दुमा पुगेको हो ।
यस्तै आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव ८२ अङ्कले उकालो लागेर ३ सय ८३ दशमलव ६६ मा पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये ३ उपसमूहको सेयर मूल्यमा आज गिरावट आएको छ ।

laxmi

यस्तै १० उपसमूहको सेयर मूल्यमा वृद्धि भएको छ । नेप्सेका अनुसार कारोबार भएका दुई सय ४१ कम्पनीको ३८ लाख ६५ हजार ९ सय ६१ कित्ता सेयर १ अर्ब ३२ करोड २९ लाख ७२ हजार एक सय ८५ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबारका आधारमा नवील बैंक शीर्ष स्थानमा छ । सो बैंकको १४ करोड ४५ लाख ५६ हजार सात सय ९२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

त्यस्तै एनसिसी बैंकको संस्थापक सेयर ८ करोड १३ लाख ५९ हजार १ सय १५ रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावर ७ करोड ७१ लाख ९४ हजार २ सय ३५, हिमालयन डिस्टिलरी ७ करोड २ लाख १५ हजार ८ सय ५०, नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्था रु चार करोड ४९ लाख ६० हजार तीन सय २७ बराबरको कारोबार भई शीर्ष ५ भित्र पर्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL