Logo

साताको पहिलो दिन ३२ अंकले बढ्यो नेप्से, लगानीकर्ता झुम्मिदा २ अर्ब बढीको कारोबार

साताको पहिलो दिन ३२ अंकले बढ्यो नेप्से, लगानीकर्ता झुम्मिदा २ अर्ब बढीको कारोबार



काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३२.४३ अंकले बढेको छ । कारोबारको सुरुवातिदेखि उकालो यात्रा तय गरेको नेप्से अन्तिम समयसम्म दोहोरो अंकले बढ्दै १९ सय ६५ को विन्दुमा पुगेर रोकिएको हो ।
आज कारोबार अवधिभर २ सय ३३ कम्पनीका ४२ लाख २३ हजार ८ सय ६७ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम पनि बढेर २ अर्ब २ करोड ५४ लाख ७९ हजार रुपैयाँ बढी पुगेको छ ।

आज दिनभर भएको कारोबारमा १ सय ९१ कम्पनीको सेयरमूल्य उकालो लाग्दा ५१ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । आज हिमालय डिस्ट्रीलरी प्रालिको सबैभन्दा बढी ४५ करोड ४ लाख ७ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नबिल बैंकको १२ करोड ३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL