Logo

चुनावी बिदा पछिको सेयर बजार : ७ अंकले घट्यो परिसुचक, १ अर्ब ३५ करोडको कारोबार

चुनावी बिदा पछिको सेयर बजार : ७ अंकले घट्यो परिसुचक, १ अर्ब ३५ करोडको कारोबार



काठमाडौं । गत शुक्रबार देखि बन्द रहेको सेयर बजार मंगलबार पुनः सुचारु भएको छ । ४ दिनपछि खुलेको बजारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक भने ७.१३ अंकले घटेको छ । नेप्सेका अनुसार आज सुरुवाति समयमा उकालो लागेको बजार अन्तिम समयमा घट्दै १९ सय २९ को विन्दुमा आएर रोकिएको हो ।

laxmi

आज दिनभर भएको कारोबारमा २ सय २८ कम्पनीका ३७ लाख ६३ हजार ८ सय ३६७ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ३५ करोड २८ लाख ८५ हजार रुपैयाँ नाघेको छ ।

आज दिनभर ७१ कम्पनीको सेयरमूल्य उकालो लाग्दा अन्य १ सय ४४ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL