Logo

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम ८५ करोडमै सिमित

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम ८५ करोडमै सिमित



काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले उकालो लागेको छ । आज बिहानैदेखि उकालो यात्रा तय गरेको नेप्से परिसुचक कारोबारको अन्तिम समयमा १३ दशमलव ४० अंकले बढ्दै १९ सय ११ को विन्दुमा पुगेर बन्द भएको हो ।

laxmi

आज दिनभर भएको कारोबारमा २ सय ३२ कम्पनीका २४ लाख ९५ हजार ६ सय १२ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८५ करोड ९४ लाख ६८ हजार १ सय ५८ रुपैयाँमा सिमित भएको छ ।

आज सिक्ले जलविद्युत कम्पनीको सेयर मूल्यमा सर्किट लाग्दा अन्य १ सय ५३ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै आज ५५ कम्पनीको सेयरमूल्य ओरालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL