Logo

एक दिन पनि टिकेन नेप्सेको उकालो यात्रा, कारोबार रकममा भने सुधार

एक दिन पनि टिकेन नेप्सेको उकालो यात्रा, कारोबार रकममा भने सुधार



काठमाडौं । सोमबार दोहोरो अंकले बढेको सेयर बजार पुनः आज ओरालो लागेको छ । पछिल्लो समय लगातार घटिरहेको बजार सोमबार भने दोहोरो अंकले बढेको थियो । तर, त्यसको वृद्धि हिजोका लागि मात्रै सिमित भयो ।

laxmi

मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ६ दशमलव ५९ अंकले ओरालो लाग्दै पुनः १८ सय ९७ को विन्दुमा पुगेको हो ।

आज कारोबार अवधिभर २ सय २९ कम्पनीका २७ लाख ४५ हजार १ सय ९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने १ अर्ब २ करोड ३६ लाख ९ हजार रुपैयाँ क्रस भएको छ । हिजो सोमबार कारोबार रकम ९५ करोडको आसपासमा सिमित भएको थियो ।

आज दिनभर भएको कारोबारमा ५९ कम्पनीको सेयरमूल्य उकालो लाग्दा १ सय ५३ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL