Logo

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम भने १ अर्ब तलै

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम भने १ अर्ब तलै



काठमाडौं । पछिल्लो समय लगातार घटिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सोमबार भने दोहोरो अंकले बढेको छ । कारोबार समयको सुरुवातिदेखि उकालो यात्रा तय गरेको नेप्से अन्तिम समयमा २१.२६ अंकले बढ्दै १९ सय ४ को विन्दुमा पुगेर रोकिएको हो ।

laxmi

आज कारोबार समयभर २ सय २६ कम्पनीका २४ लाख ५२ हजार ४८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने ९४ करोड ६० लाख ८९ हजार रुपैयाँमै सिमित भएको छ ।

आज तारागाउँ रिजेन्सी होटलको सेयरमूल्य ९.८४ प्रतिशतले बढेर सर्किट नजिक पुगेको छ भने सप्तकोशी विकास बैंक, बुद्धभूमी जलविद्युत कम्पनी, रिभर फल्स जलविद्युतलगायतका कम्पनीका लगानीकर्ताले उच्च कमाएका छन् । आज १ सय ७२ कम्पनीको सेयरमूल्य बढ्दा ३९ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL