Logo

नेप्सेको ओरालो यात्रा कायमै, परिसुचक दोहोरो अंकले घट्दा कारोबार ७७ करोडमा सिमित

नेप्सेको ओरालो यात्रा कायमै, परिसुचक दोहोरो अंकले घट्दा कारोबार ७७ करोडमा सिमित



काठमाडौं । साताको पहिलो दिन आईतबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकले ओरालो यात्रा कायमै राखेको छ । गत हप्ताका प्राय दिनझैं यो साताको पहिलो दिन पनि नेप्सेको गिरावटले निरन्तरता पाएको हो ।

laxmi

आईतबार नेप्से परिसुचक १०.५४ अंकले ओरालो लागेर १८ सय ८३ को विन्दुमा पुगेको छ । आज कारोबार अवधिभर २ सय २५ कम्पनीका २० लाख २८ हजार ३ सय ३८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७७ करोड ४९ लाख ११ हजार रुपैयाँमा सिमित भएको छ ।

आज दिनभरको कारोबारमा ५६ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा १ सय ५४ कम्नपीको सेयरमूल्यमा गिरावट आएको छ । आज शिवम सिमेन्टको कारोबार सबैभन्दा बढी १० करोड ३९ लाख रुपैयाँ बराबरको हुँदा निर्धन उत्थान लघुवित्तको २ करोड ४० लाख बढीको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL