Logo

साताको अन्तिम दिन १६ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

साताको अन्तिम दिन १६ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट



काठमाडौं । चालु हप्ता लगातार उकालो लागिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक साताको अन्तिम दिन ओरालो लागेको छ । बिहीबार बिहानैदेखि ओरालो यात्रा तय गरेको नेप्से परिसुचक अन्तिम समयमा १६.१४ अंकले घट्दै १९२२ को विन्दुमा पुगेको हो ।

laxmi

आज नेप्से परिसुचक ओरालो लाग्दा कारोबार रकमले पनि साथ छोडेको छ । दिनभर २ सय २० कम्पनीका २७ लाख ६७ हजार ५ सय ३९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम जम्मा ८९ करोड ८९ लाख ७ हजार रुपैयाँमा सिमित भएको हो । बुधबार कारोबार रकम झण्डै डेढ अर्व पुगेको थियो ।

आज दिनभर भएको कारोबारमा निर्जीवन बर जीवन बीमाबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् । जसमध्ये सबैभन्दा धेरै लघुवित्त समुहको परिसुचक ४७ अंकले घटेको छ भने विकास बैंक समुहको परिसुचक ४१ अंकले घटेको छ ।

बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा बिहीबार ११ अंकको गिरावट आउँदा जलविद्युत, वित्त र व्यापार समुहको परिसुचकहरु क्रमशः २७, १९ र १९ अंकले घटेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL