Logo

नेप्से ३३ अंकले घट्दा १९ सयको विन्दुबाट तल ओर्लियो, कारोबार रकम १ अर्ब ६० करोड माथि

नेप्से ३३ अंकले घट्दा १९ सयको विन्दुबाट तल ओर्लियो, कारोबार रकम १ अर्ब ६० करोड माथि



काठमाडौं । आईतबार नेपाल स्टक एक्सचेन्ज परिसुचक १८ सय ७६ को विन्दुमा ओर्लिएको छ । आज बिहानैदेखि ओरालो लाग्न सुरु गरेको नेप्से अन्तिम समयमा ३३.९७ अंकले घटेर १८ सय ७६ विन्दु तल पुगेको हो ।

laxmi

बजार दोहोरो अंकले बढेसँगै आज २ सय २९ कम्पनीका ६२ लाख ९६ हजार ४ सय ४५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ६० करोड १८ लाख २२ हजार ९ सय ५५ रुपैयाँ पुगेको हो ।

आज कारोबार अवधिभर भएको कारोबारमा सबै समुहको परिसुचकहरु ओरालो लागेका छन् । जसमध्ये सबैभन्दा बढी गिरावट भने जीवन बीमा समुहमा देखिन्छ । आज जीवन बीमा समुहको परिसुचक २२१ अंकले घट्दा निर्जीवन बीमा समुहको परिसुचक १२४ अंकले घटेको छ ।

यस्तै आज विकास बैंक समुहको परिसुचक ९१ अंकले घट्दा लघुवित्त समुहको परिसुचकमा ७७ अंकको गिरावट देखिन्छ । बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा आज १२ अंकको गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL