Logo

दर खाने दिनमा एससिटीको ‘दरो अफर’, कार्डमा छुट क्युआरमा क्यासब्याक

दर खाने दिनमा एससिटीको ‘दरो अफर’, कार्डमा छुट क्युआरमा क्यासब्याक



स्मार्ट च्वाईस टेच्नोलोजीज लिमिटेड (एससिटी) ले आउदै गरेको तीजलाई लक्षित गरि ‘दर खाने दिनमा दरो’ अफर सार्वजनिक गरेको छ ।
दरो अफर अन्तर्गत स्मार्ट क्युआर मार्फत जुनसुकै मर्चेन्टलार्ई भुक्तानी गर्दा १० प्रतिशत (१०० रुपैयाँसम्म ) तत्काल छुट प्राप्त गर्न सकिनेछ ।

laxmi

यस्तै एससिटी– यूपीआइ डेबिट कार्ड प्रयोगकर्ताले क्यूआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत ( १ सय रुपैयाँसम्म ) क्यासब्याक प्राप्त गर्न सक्नेछन् । विगत २० वर्षदेखि नेपाली बजारमा एससीटीले क्यूआर, ओम्नी च्यानल पेमेन्ट गेटवे आदि विभिन्न सुविधा दिदै आएको छ । कम्पनीको उक्त योजना दर खाने दिन (भाद्र १३, २०७९) का दिन लागु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL