Logo

नेपालभर एकै विधिबाट सवारी लाईसेन्सको परिक्षा हुने, बागमति प्रदेशमा पनि ७० अंक ल्याए पास हुने व्यवस्था लागु

नेपालभर एकै विधिबाट सवारी लाईसेन्सको परिक्षा हुने, बागमति प्रदेशमा पनि ७० अंक ल्याए पास हुने व्यवस्था लागु



काठमाडौंं । नेपालभरका सबै प्रदेशहरुमा सवारीचालक अनुमतिपत्र (लाईसेन्स)को परिक्षादेखि वितरणसम्म एकै किसिमले हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको अध्यक्षतामा सातैै प्रदेशका यातायात मन्त्रीहरुको बैठकमार्फत सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ अनुसार परीक्षा लिने निर्णय गरिएको हो ।

laxmi

यसअघि यातायात व्यवस्था विभागले गत जेठ १ गतेदेखि नै उक्त निर्देशिका लागु गर्ने गरी ल्याएपनि केहि प्रदेशले लागु गरेका थिएनन् । आजको बैठकले अब सबै प्रदेशले समान रुपमा काम गर्ने निर्णय भएको हो । यसमा खासगरी बागमति प्रदेशले नै हालसम्म निर्देशिका लागु गर्नमा अटेरी गरिरहेको थियो । यो निर्देशिका लागु हुने सहमतिसँगै बागमति प्रदेशका यातायात कार्यालयमा लाईसेन्सको परिषा दिँदा ७० अंक ल्याएपनि पास हुने व्यवस्था सुरु भएको छ ।

पुरानो प्रणालीअनुसार प्रयोगात्मक परीक्षामा एउटै गल्ती भए पनि लाइसेन्स लिन अयोग्य हुन्छ । तर नयाँ निर्देशिकामा ट्रायलका विभिन्न चरणलाई फरक–फरक अंकभार दिइएको छ र ७० अंक ल्याएमा लाइसेन्स लिन योग्य हुनेछ । अर्थात् सामान्य गल्ती गरे पनि लाइसेन्स पाउनबाट वञ्चित हुनुपर्दैन ।

३० मिनेटको परीक्षामा उत्तीर्ण हुन न्यूनतम ७० अंक ल्याउनुपर्नेछ । नयाँ व्यवस्थाअनुसार यातायात व्यवस्था विभागले अब लाइसेन्सका लागि अंकभारमा आधारित परीक्षा प्रणाली लागू हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL