Logo

कुमारी जबको ‘फ्रन्ट अफिस म्यानेजमेन्ट एन्ड सेक्रेटरियल एटिक्वेट्स’ तालिम, बेरोजगार युवाहरुलाई राहत

कुमारी जबको ‘फ्रन्ट अफिस म्यानेजमेन्ट एन्ड सेक्रेटरियल एटिक्वेट्स’ तालिम, बेरोजगार युवाहरुलाई राहत



काठमाडौं । कुमारी जबले ‘फ्रन्ट अफिस म्यानेजमेन्ट एन्ड सेक्रेटरियल एटिक्वेट्स’ तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले बेरोजगार युवाहरुका लागि भन्दै पुर्व मिस नेपाल तथा मेडिया पर्सन एवम् ट्रेनर सुगारिका केसी लगायत अन्य दक्ष प्रशिक्षकहरुको साथमा उक्त तालिम संचालन गर्ने भएको हो ।

कुनै पनि अफिस अथवा संस्थाको लागि फ्रन्ट अफिस र सेक्रेटरियल विभाग अत्यन्तै महत्वपूर्ण हुन्छ । र यस्तो काममा आफ्नो करियर बनाउनको लागि र सफलता पाउनको लागि एउटा निश्चित योग्यता, सीप अथवा तालिम चाहिन्छ ।

तालिमको बारेमा बोल्दै कुमारी जबका म्यानेजिङ डिरेक्टर सन्देश भण्डारीले भने, ‘अहिले काठमाडौं लगायत बिराटनगर,पोखरा, बुटवल तथा नेपालका विभिन्न शहरहरुमा ठुला–ठुला व्यापारिक संस्थाहरु खोल्ने एवम् शाखा विस्तार गर्ने काम भइरहेको छ र ती संस्थाहरुमा योग्य र तालिमप्राप्त उम्मेदवारहरुको उच्च माग रहेको छ । यहि आवश्यकतालाई ध्यानमा राख्दै हामीले ‘फ्रन्ट अफिस एन्ड म्यानेजमेन्ट सेक्रेटरियल एटिक्वेट्स तालिम’ सञ्चालन गरेका हौँ । आशा छ यस तालिममा सहभागी सम्पूर्णले कामको लागि आवश्यक ज्ञान र सीपहरु सिक्नुहुनेछ र आफुलाई एक योग्य उम्मेदवारको रुपमा प्रस्तुत गर्नुहुनेछ।’

फ्रन्ट अफिस र सेक्रेटरियल विभागमा आफ्नो करियर बनाउन चाहने व्यक्तिहरुको लागि यो तालिम अत्यन्तै उपयोगी हुने कम्पनीले जानकारी दिएको छ । रिसेप्सनिस्ट्, पर्सनल् असिस्टान्ट, सेक्रेटरी लगायत अन्य विभिन्न कामको खोजीमा रहेका व्यक्तिहरुको लागि यो तालिम कोशेढुङ्गा साबित हुने बताईएको छ ।

बुधबारबाट शुरु हुने उक्त तालिम १२ दिनसम्म चल्नेछ । यसमा भाग लिनका लागि वेबसाइट र कुमारी जबको फोन नम्बरमा फोन गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL