Logo

लामो समयपछि बजारमा उच्च अंकको सुधार, ३ दर्जन कम्पनीले सर्किट हान्दा कारोबार रकम दोब्बरले वृद्धि

लामो समयपछि बजारमा उच्च अंकको सुधार, ३ दर्जन कम्पनीले सर्किट हान्दा कारोबार रकम दोब्बरले वृद्धि



काठमाडौं । लामो समयपछि नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचकमा उछाल आएको छ । करिव ३ महिनादेखि अपवादबाहेक लगातार ओरालो लागिरहेको सेयर बजारमा आईतबार भने ९४.९२ अंक सहित हरियाली छाएको हो ।

laxmi

लामो समयदेखि घट्न सुरु गरेको बजार वियरिस ट्रेन्टमा गएको थियो । तर पछिल्लो समयको घटाईले नेप्से क्रयास नै हुने संकेत गरेको लगानीकर्ताहरुले बताएका थिए । तर आईतबार एकाएक बजार उच्च अंकको वृद्धिका साथै कारोबार रकममा समेत सुधार आएका कारण नेप्से पुनः लयमा फर्कन सक्ने सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

आज बजार उच्च अंकले बढ्दा नेप्से विन्दु पनि १९ सय ५६ अंकमा पुगेर रोकिएको छ । आज कारोबार समयभर २ सय ३० कम्पनीका ६३ लाख ६३ हजार ५ सय ९० कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब १९ करोड ६१ लाख रुपैयाँ पुगेको छ । कारोबार रकम शुक्रबारको तुलनामा झण्डै दोब्बरले बढी हो । गत हप्ताको शुक्रबार कारोबार रकम १ अर्ब १५ करोडमा सिमित भएको थियो ।

आज बजारमा कारोबार भएका कम्पनीहरुमध्ये २ सय २४ कम्पनीको सेयरमूल्य उकालो लाग्दा २१ कम्पनीको सेयरमूल्यमा सर्किट लागेको छ भने ३१ कम्पनीको सेयरमूल्य सर्किट नजिक पुगेको छ । तर, ५ कम्पनीको सेयरमूल्य भने ओरालो लागेको नेप्सेले जानकारी दिएको छ ।

आज दिनभर भएको कारोबारमा समुहगत सेयर कारोबार हेर्दा सबै समुहहरु उकालो लागेपनि सबैभन्दा बढी वृद्धि भने व्यापार, जलविद्युत र वित्त समुहको परिसुचकमा देखिन्छ । यी समुहको परिसुचक क्रमशः ७.७९, ७.७ र ७.७ प्रतिशतले बढेको छ । यस्तै आज अतिरिक्त समुहको परिसुचक ७ प्रतिशतले बढ्दा उत्पादनमुलक समुहको परिसुचकमा ६ प्रतिशतको वृद्धि देखिएको छ । यसैगरी लघुवित्त समुहको परिसुचक ५ प्रतिशतले बढ्दा बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचक २ प्रतिशतले बढेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL