Logo

नेप्सेमा पहिरो थामिएन, ५० अंकले घटेको बजारमा १ अर्ब ७५ करोडको कारोबार

नेप्सेमा पहिरो थामिएन, ५० अंकले घटेको बजारमा १ अर्ब ७५ करोडको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सोमबार झण्डै ५० अंकले घटेको छ । बिहानैदेखि ओरालो यात्रा तय गरेको नेप्से परिसुचक ५० दशमलव ३१ अंकले घटेर १८ सय ८४ को विन्दुमा पुगेको छ ।

laxmi

आज दिनभर भएको कारोबारमा सबै समुहको परिसुचकहरु ओरालो लागेका छन् । जसमध्ये सबैभन्दा बढी गिरावट निर्जीवन र जीवन बीमा समुहको परिसुचकमा देखिन्छ । आज निर्जीवन बीमा समुहको परिसुचक २३९ अंकले ओरालो लाग्दा जीवन बीमा समुहको परिसुचक २३४ अंकले घटेको छ ।

यस्तै आज विकास बैंक समुहको परिसुचक १३५ अंले घट्दा जलविद्युत समुको परिसुचकमा ९१ अंकको गिरावट देखिन्छ । बजारमा धेरै प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा आज २१ अंकको गिरावट आउँदा लघुवित्त र वित्त समुहको परिसुचक क्रमशः ११० र ४८ अंकले घटेका छन् ।

आज कुल २३० कम्पनीका ६१ लाख ८६ हजार ९ सय ४१ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ७५ करोड ६ लाख रुपैयाँ पुगेको छ । आज आँधीखोला जलविद्युत कम्पनी र सीवाईसी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL