Logo

साताको पहिलो दिन ३७ अंकले घट्यो नेप्से, १ अर्ब १३ करोडको कारोबार

साताको पहिलो दिन ३७ अंकले घट्यो नेप्से, १ अर्ब १३ करोडको कारोबार



काठमाडौं । साताको पहिलो दिन (आईतबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३७.२७ अंकले ओरालो लागेको । पछिल्लो समय लगातार ओरालो लागिरहेको सेयरबजार आज १९ सय ३४ को विन्दुमा पुगेर रोकिएको हो ।

laxmi

आज कारोबार समयभर भएको कारोबारमा सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमध्ये सबैभन्दा बढी गिरावट निर्जीवन र जीवन बीमा समुहको परिसुचकमा देखिन्छ । आज निर्जीबन बीमा समुहको परिसुचक १५४ अंकले ओरालो लाग्दा जीवन बीमा समुहको परिसुचक १२२ अंकले घटेको छ । यस्तै आज विकास बैंक समुहको परिसुचकमा भने १२४ अंकको गिरावट देख्न सकिन्छ ।

बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचक १२ अंकले घट्दा जलविद्युत समुहको परिसुचक ८७, लघुवित्त समुहको परिसुचक ६३ र अतिरिक्त समुहको परिसुचक ५३ अंकले ओरालो लागेका छन् ।

आज २ सय २३ कम्पनीका ३६ लाख ६६ हजार ८ सय ९१ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब १३ करोड ४० लाख ९१ हजार २ सय १२ रुपैयाँ पुगेको छ । आज रिभर फल्स पावर कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लाग्दा आँधिखोला लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा १० प्रतिशतको वृद्धि देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL