Logo

सिभिल क्यापिटलबाट डेढ बर्ष अगावै बाहिरिए सिइओ ढुंगेल, संचालक समितिले गर्यो राजीनामा स्वीकृत

सिभिल क्यापिटलबाट डेढ बर्ष अगावै बाहिरिए सिइओ ढुंगेल, संचालक समितिले गर्यो राजीनामा स्वीकृत



काठमाडौं । सिभिल क्यापिटल मार्केट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) झनकराज ढुङ्गेलले राजीनामा दिएका छन् । क्यापिटलको मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले सिइओ ढुङ्गेलको राजीनामा स्वीकृति गरेको हो ।

उनले सञ्चालक समितिले दबाव दिएपछि सिइओ पदबाट राजीनामा दिएको स्रोतले जानकारी दिएको छ । ४ बर्षका लागि क्यापिटलको सिइओमा नियक्त भएका उनले साढे २ बर्ष अर्थात् ३० महिनामा नै क्यापिटलबाट बिदा भएका हुन् ।

उनले हालसम्म विभिन्न कम्पनीहरुमा १२ बर्षभन्दा बढी समयमा सिइओको रुपमा जिम्मेवारी निभाईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL