Logo

१४ अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्बभन्दा कम

१४ अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्बभन्दा कम



काठमाडौं । पछिल्लो समय लगातार घटिरहेको सेयरबजारले कारोबारको अन्तिम दिन पनि निरन्तरता पायो । शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १४ दशमलव ६४ अंकले घटेको हो । यससँगै नेप्से विन्दु २०४८ मा पुगेर रोकिएको छ ।
आज २ स २९ कम्पनीका ३० लाख ४५ हजार ८ सय ३८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८९ करोड ४१ ाख २४ हजारमा सिमित भएको छ ।

laxmi

आजको कारोबारको अन्तिम समयसम्म उत्पादनमुलक समुहको परिसुचक १०० अंकले घट्दा निर्जीवन बीमा समुहको परिसुचक ७९ अंकले ओरालो लागेको छ । यस्तै आज जीवन बीमा समुहको परिसुचक ६८ अंकले घटेको छ भने विकास बैंक समुहको परिसुचकमा ३९ अंकको गिरावट आएको छ ।

जलविद्युत, वित्त र लघुवित्त समुहको परिसुचकमा आज क्रमशः ७, १८ र २५ अंकको गिरावट आउँदा बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचक ५ अंकले घटेको छ ।
आज बजार दोहोरो अंकले घटेपनि उपकार लघुवित्त वित्तीय संस्था, ग्रिन भेन्चर लिमिटेड र बलेफी जलविद्युतको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL