Logo

पं.नवराज शारदा स्मृति समाजले स्थापना गर्यो १० लाख बराबरको अक्षयकोष, सामाजिक कार्यमा सघाउ पुग्ने

पं.नवराज शारदा स्मृति समाजले स्थापना गर्यो १० लाख बराबरको अक्षयकोष, सामाजिक कार्यमा सघाउ पुग्ने



काठमाडौं । पं.नवराज शारदा स्मृति समाजले विविध सामाजिक कार्यक्रम संचालन गर्न १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । पं.नवराज पौडेलको जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित एक कार्यक्रमबीच उक्त कोषको घोषणा गरिएको हो । आफ्ना अभिभावकको योगदानलाई मनन् गर्दै उनीहरुप्रति सम्मान तथा समाजका लागि यथासक्य योगदान गर्ने लक्ष्य साथ उक्त समाज स्थापना गरिएको हो ।

laxmi

अध्यक्ष निर्मलराज पौडेलले संस्था गठनको पृष्ठभूमिका सम्बन्धमा प्रकाश पार्दै बुबा पं. नवराज पौडेल तथा आमा शारदा देवी पौडेलले दिएको संस्कार शिक्षा र अभिप्रेरणाकै कारण समाजका लागि केही योगदान पुर्याउन सक्ने अभिलाषाले उक्त संस्था स्थापना गरेको बताए । साथै पं नवराज पौडेलले सनातन धर्म संस्कृति तथा सामाजिक हितमा आफ्नो सारा जीवन समर्पित गरेको बताईएको छ ।

बटुकहरुद्वारा स्वस्ती वाचन तथा विशिष्ट अतिथिहरुबाट पानसमा सामुहिक दीप प्रज्वलन तथा पं.नवराज पौडेलको तस्वीरमा माल्यार्पण गरी समाजको विधिवत् समुद्घाटनसँगै शुरु भएको सो कार्यक्रममा विभिन्न विशिष्ट अतिथिहरुद्वारा पं.नवराज पौडेलको व्यक्तित्व तथा योगदान बारे चर्चा गरिएको थियो ।

कार्यक्रममा पं.नवराज पौडेलसँग प्रत्यक्ष अप्रत्यक्ष सरोकार राख्ने विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरु तथा पौडेल परिवारका सदस्यहरुको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL