Logo

हाते कागज संघको अध्यक्षमा पुनः किरण डंगोल, चुनियो ११ सदस्यीय कार्यसमिति

हाते कागज संघको अध्यक्षमा पुनः किरण डंगोल, चुनियो ११ सदस्यीय कार्यसमिति



काठमाडौं । नेपाल हाते कागज संघको अध्यक्षमा किरण कुमार डंगोल चयन भएका छन् । संघको १५ औं वार्षिक साधारण सभाले डंगोललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

laxmi

यसैगरी साधारणसभाले सर्वसम्मत रुपमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा राधाकृष्ण धौभडेल चयन भएका छन् भने सचिवमा लेटर बहादुर केसी र कोषाध्यक्षमा अन्जना ताम्राकार चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा भक्त बहादुर बस्नेत, जुनु जोशी, सरस्वती राई, बेनुदास श्रेष्ठ, इश्वर कुमार श्रेष्ठ, पाल्देन शेर्पा र लालहीरा श्रेष्ठ सर्वसम्मत रुपमा चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL