Logo

धौलागिरी लघुवित्तले ३ लाख ३१ हजार कित्ता आइपीओ निष्काशन गर्दै, प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल नियुक्त

धौलागिरी लघुवित्तले ३ लाख ३१ हजार कित्ता आइपीओ निष्काशन गर्दै, प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल नियुक्त



काठमाडौं । धौलागिरी लघुवित्त वित्तिय संस्थाले निष्काशन गर्न लागेको आइपीओका लागि प्रत्याभूतिका लागि प्रभु क्यापिटल नियुक्त भएको छ । धौलागिरी लघुवित्तल सर्वसाधारणलाई ३ लाख ३१ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

laxmi

नियुक्ति सम्बन्धी सम्झौता मिति बुधबार सम्पन्न भएको हो । सम्झौतामा धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृमिन बहादुर बोहरा तथा प्रभु क्यापिटल लिमिटेडका प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका हु्न ।

धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको लघुवित्त संस्था हो । प्रधान कार्यालय बागलुङ जिल्लाको बागलुङ नगरपालिका वार्ड नं. २, श्री नगर टोलमा अवस्थित यस संस्थाले २०७५ फाल्गुण १ देखि वित्तिय कारोबार गर्दै आइरहेको छ ।

हाल यस संस्थाले २० जिल्लामा ४६ वटा शाखामार्फत करिब ३४ हजार ५ सय सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL