Logo

खल्तीको नयाँ अफर सार्वजनिक, आइफोन १३ सँगै एक रुपैयाँमै फ्लाइट टिकट जित्न सकिने मौका

खल्तीको नयाँ अफर सार्वजनिक, आइफोन १३ सँगै एक रुपैयाँमै फ्लाइट टिकट जित्न सकिने मौका



काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती डिजिटल वालेट’ आफ्नो नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले १ रुपैइाँमा फ्लाइट टिकट, आइफोन १३लगायतका उपहार उपलब्ध गराउने गरी नयाँ योजना सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार फ्लाइट टिकट खरिदमा एक भाग्यशाली बिजेतालाई आइफोन १३ को बम्पर उपहार प्राप्त हुनेछ । यस्तै हरेक दिन एक जनालाई १ रुपैयाँमा फ्लाइट टिकट र ५ जनालाई साप्ताहिक १ लाख खल्ती पोइन्ट्स प्राप्त हुनेछ ।

‘खल्ती’ फ्लाइट टिकट बुकिङको लागि सहज प्लेटफर्म भएको छ, जसमा १ हजार २ सय सम्मको उच्चतम क्यासब्याक प्राप्त गर्न सकिनेसमेत कम्पनीले जानकारी दिएको छ । यति मात्र होइन, विभिन्न एयरलाइन्सको फ्लाइट टिकटको मूल्य तुलना गरि तत्काल टिकट बुकिङ गर्न पनि सजिलो भएको छ ।

यो अफर २३ माघ देखि फागुन ३०, २०२२ सम्म मान्य हुने कम्पनीले जानकारी दिएको छ । उक्त अफरमा सहभागी हुन प्रयोगकर्ताले आफ्नो खल्ती केवाइसी भने अनिवार्य भेरिफाई गराएको हुनुपर्नेछ । खल्ती अकाउन्ट नभएका नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरी आफ्नो खल्ती केवाईसी भेरिफाइ गरिसकेपछि उक्त अफरमा सहभागी हुन सक्नेछन् ।

यस अफरको बारेमा बोल्दै ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘हालैको महामारीलाई ध्यानमा राख्दै डिजिटल उडान बुकिङमा थप प्रयोगकर्ताहरूलाई प्रोत्साहन गर्न यो अभियान ल्याइएको हो । यस महामारीको समयमा यात्रुहरूको सुरक्षित यात्रा होस् भन्ने हाम्रो चाहना हो ।’

प्रतिक्रिया दिनुहोस्
MBL