Logo

बजारमा एकैदिन ९२ अंकको वृद्धि, साढे ४ अर्बको सेयर कारोबार

बजारमा एकैदिन ९२ अंकको वृद्धि, साढे ४ अर्बको सेयर कारोबार



काठमाडौं । साताको चौथो दिन बुधबार नेपाली सेयर बजार एकैदिन ९२ दशमलव १६ अंकले उकालो लागेको छ । मंगलबार उच्च अंकसहित वृद्धि भएको सेयर बजार बुधबार पनि वृद्धि हुँदा बजार परिसुचक २५ सय ७ को विन्दुमा पुगेको छ । आज बजारमा २ सय ३३ कम्पनीका ८१ लाख ४ हजार ३ सय १९ कित्ता सेयर ५५ हजार ९ सय ९७ पटक किनबेच हुँदा कारोबार रकम ४ अर्ब ५२ करोड ३३ लाख रुपैयाँ बढि पुगेको छ ।

laxmi

बजारमा कारोबार भएका उपसमुहहरुमध्ये सबैभन्दा बढि बीमा समुहका परिसुचक उकालो लागेको देखिन्छ । नेप्सेका अनुसार आज जीवन बीमा समुहको परिसुचक ५ सय २ अंकले उकालो लाग्दा निर्जीवन बीमा समुहको परिसुचक भने ४ सय ८७ अंकले उकालो लागेको छ । यस्तै उत्पादनमुलक समुहको परिसुचकमा आज ४ सय ५२ अंकको वृद्धि हुँदा विकास बैंक समुहको परिसुचक २ सय ३० अंकले बढेको हो । यता बजारमा सबैभन्दा बढि प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचक भने आज ३७ अंकले उकालो लागेको छ ।

बजार दोहोरो अंकले बढ्दा आज १० कम्पनीको सेयरमूल्यमा सर्किट लागेको थियो । बिहानैदेखि उकालो लागेको बजारमा २ सय २५ कम्पनीको सेयरमूल्य उकालो लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL