Logo

आइएमई ग्रुपको सामाजिक उत्तरदायित्व, नगरपालिका तथा अस्पताललाई शव वाहन हस्तान्तरण

आइएमई ग्रुपको सामाजिक उत्तरदायित्व, नगरपालिका तथा अस्पताललाई शव वाहन हस्तान्तरण



काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्सद्वारा प्रवद्धित अशोक लेलैण्डले नेपालमा विभिन्न नगरपालिका तथा अस्पतालहरुलाई शव वाहन हस्तान्तरण गरेको छ ।

कम्पनीका अनुसार, ललितपुर महानगरपालिका, सशस्त्र प्रहरी बल हलचोक, प्रदेश अस्पताल सुर्खेत,बेदकोट नगरपालिका कचंनपुर तथा अन्य सरकारी संस्थाहरुलाई शव वाहन हस्तान्तरण गरिएको हो ।

एक अस्पताल प्रमुखका अनुसार अहिले प्रयोग हुदै आएको शव वाहन सानो तथा पुरानो मोडलमा आधारित रहेको उक्त शववाहन हस्तान्तरण गरिएको हो । महामारीको समयमा थप शव वाहन आवश्यकता देखिएको हुदा, प्रक्रिया अगाडि बढाएर अशोक लेलैण्डको दोस्त मोडलमा आधारित शव वाहन खरिद गरेको थियो । खरिद गरिएको शव वाहन अहिले सम्मकै ठुलो र फराकिलो रहेको कम्पनीले जानकारी दिएको छ ।

आइएमई मोटर्सले शव वाहन सहित विशेष सुविधा युक्त एम्बुलेन्स, दमकल, ट्रक टिपर, स्कुल बस सहित साना तथा ठुला कम्रसियल गाडीहरु बिक्रि वितरण गर्दै आएको छ । साथै आर्मी पुलिसका लागी प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL