Logo

नाडाको अध्यक्षका प्रत्यासी ध्रुव थापाको प्यानल घोषणा, को को समेटिए टीममा ?

नाडाको अध्यक्षका प्रत्यासी ध्रुव थापाको प्यानल घोषणा, को को समेटिए टीममा ?



काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसनको अध्यक्षका प्रत्यासी ध्रुब थापाले आफ्नो प्यानल घोषणा गरेका छन् । बिहीबार एक कार्यक्रमको आयोजना गर्दै थापाले ६ जना कार्यसमिति सहितको प्यानल घोषणा गरेका हुन् ।

थापाको प्यानलमा हंसराज हुलास चन्द (बजाज)का आकाश गोल्छा, ह्युन्डाइका निराकार श्रेष्ठ टीभीएसका दीपक अग्रवाल, कपिल शिवाकोटी र शुभाशिष थपलियासमेत छन् ।

यस्तै उनको प्यानलमा थापाको प्यानलमा यमुना श्रेष्ठ, अमरज्योति रञ्जित, बीएन पाठक, दिपेन्द्रकुमार मिश्र, नवराज भुसाल, नारायण पौडेल, प्रदिप प्रधान, प्रकाश सिग्देल, रिद्धि कार्की, सगुन बीएस कंशाकार, सञ्जय खेतानसमेत समेटिएका छन् । उनको प्यानललाई नाडाका पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत रहेका अन्जन श्रेष्ठको समेत साथ रहेको छ ।

बिहीबार प्यानल घोषणा गर्दै थापाले आफ्नो टीममा रहेका सदस्याहरुको व्यवसायीक क्षमताको बिषयमा प्रकाश पारेका थिए । कार्यक्रममा बोल्दै उनले सबै प्रदेशका प्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम पनि गरिसकेको बताए । उनका अनुसार उक्त प्रतिक्रिया कार्यक्रममा उठेका समस्याहरुलाई सम्बोधन गर्ने प्रतिवद्धता लिईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL