Logo

ईङवा हाइड्रोपावरको आइपीओ आउँदै, १९ लाख ६० हजार कित्ता निष्काशनका लागि विक्री प्रवन्धकमा एसबीआई मर्चेन्ट नियुक्त

ईङवा हाइड्रोपावरको आइपीओ आउँदै, १९ लाख ६० हजार कित्ता निष्काशनका लागि विक्री प्रवन्धकमा एसबीआई मर्चेन्ट नियुक्त



काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले प्राथमिक सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिसेयर अंकित मूल्य १ सय रुपैयाँ दरको १९ लाख ६० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको हो । शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

laxmi

ईङवा हाइड्रोपावरको रजिष्टर्ड कार्यालय थापाथलीमा आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र ईङवा हाइड्रोपावर लिमिटेडको तर्फबाट सञ्चालक सतिश न्यौपानेले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

ईङवा हाइड्रोपावर लिमिटेडले ताप्लेजुङ जिल्लामा ९.७ मे.वा. जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL