Logo

सुस्ताउँदै सेयर बजार, कारोबार रकम ५ अर्बमा खुम्चिदा परिसुचकमा दोहोरो अंकको गिरावट

सुस्ताउँदै सेयर बजार, कारोबार रकम ५ अर्बमा खुम्चिदा परिसुचकमा दोहोरो अंकको गिरावट



काठमाडौं । केही दिनयता ओरालो लागेको सेयर मंगलबार पनि घट्न पुगेको छ । लामो समय घटेर गतहप्ता एकदैदिन १६१ अंकले बढेको नेप्से परिसुचकले पुनः ओरालो यात्रा तय गरेको छ ।

मंगलबार बजार खुलेको केही समय नेप्से परिसुचक बढेपनि अन्ततः उक्त वृद्धि टिक्न सकेन । अन्तिममा सम्ममा बजार साढे १८ अंकले घट्न पुगेको छ भने कोराबार रकमले पनि साथ छोडेको छ । अन्तिमसम्ममा ३२ अंकले घटेको बजारमा अन्तिमको ५ मिनेटमा करिव १५ अंकले उचालिन पुगेको थियो ।

बजारमा सबै समुहका परिसुचक घट्न पुगेका छन् । जसमा निर्जीवन बीमा समुहको परिसुचक २२७ अंकले घटेको छ भने जीवन बीमा समुहको परिसुचकमा १४४ अंकको गिरावट आएको छ । यसैगरी विकास बैंक समुहको परिसुचक ६६ अंकले घटेको छ भने बजारलाई तलमाथि पार्दै आएको जलविद्युत समुहको परिसुचकमा ३१ अंकको गिरावट आएको छ । बजारमा सबैभन्दा बढि प्रभुत्व रहेको बैंकिङ समुहको परिसचुकमा पनि ४ अंकको गिरावट आएको छ ।

पछिल्लो समय नेप्से परिसुचकका साथै कारोबार रकममा समेत गिरावट आएको छ । लगानीकर्ताको सोच अनुरुप नेप्सेले गति लिन नसक्दा पछिल्लो समय कारोबार रकममा उच्च गिरावट आईरहेको छ । दैनिक २१ अर्ब रुपैयाँभन्दा बढि सेयर कारोबार हुन थालेको बजार अहिले ५ अर्ब रुपैयाँमा झरेर खुम्चिएको छ । सोही अनुरुप मंगलबार ५ अर्ब १९ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । जसमा २२२ कम्पनीको १ करोड ६ लाख कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL