Logo

टोखामा संचालनमा आयो ‘मेरो किसान मार्ट’, १ हप्तासम्म प्रत्येक आईटममा ५० प्रतिशत छुट

टोखामा संचालनमा आयो ‘मेरो किसान मार्ट’, १ हप्तासम्म प्रत्येक आईटममा ५० प्रतिशत छुट



काठमाडौं । ‘सस्तो पनि, स्वस्थ्य पनि’ भन्ने मूल नाराको साथ मेरो किसान मार्ट सञ्चालनमा आएको छ । बुधबार धापासी ८ टोखामा चर्चित नेपाली गायक तथा मोडल प्रकाश सपुतले एक कार्यक्रमको बीच उक्त मार्टको उद्घाटन गरेका हुन् ।

laxmi

मार्टमा नेपालको हुम्लामा पाइने स्याउदेखि जुम्मालामा पाईने मार्सी चामल लगायत अर्गानिक तरकारीहरु पाईनेछन । करिव ३० लाख भन्दा बढी लागतमा सञ्चालमा आएको मार्ट उद्घाटन भएको एक हप्तासम्म प्रत्येक आइटममा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।
मार्टमा प्रतिकेजी १० रुपैयाँमा अर्गानिक गोलभेडा बिक्री भैरहेको मार्ट सञ्चालक विजय महतोले बताएका छन् ।

‘दुख गर्ने किसान र ग्राहककोबीच हुने विचौलियाको कमिसनको अन्त्य गर्न मार्ट सञ्चालनमा ल्याएका हौँ, सञ्चालक महतोले भने’ किसानले सिधै मेरो किसान मार्टमा ल्याएर बेच्न सक्छन् र ग्राहकले पनि सस्तो मूल्यमा स्वस्थ्य तरकारी किन्न पाउनेछन् । बीचमा कुनै बिचौलियाको भूमिका हुँदैन ।’

मेरो किसान मार्टको शाखा नयाँ बानेश्वर, शंखमूल र सानेपामा रहेको छ । त्यसै गरी बुढानिलकण्ठमा र रानीवनमा समेत शाखा खोल्ने तयारी भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL