Logo

प्याकेजिङ मीट र आफ्नै फ्लेवरको मसला ल्याउँदै बाजेको सेकुवा, १० वटा फ्रेञ्चाइजी संचालनमा

प्याकेजिङ मीट र आफ्नै फ्लेवरको मसला ल्याउँदै बाजेको सेकुवा, १० वटा फ्रेञ्चाइजी संचालनमा


बिजखबर संवाददाता
108
Shares

काठमाडौं । बाजेको सेकुवाले आजदेखि लाजिम्पाटमा आफ्नो फ्रेञ्चाइजी संचालनमा ल्याएको छ । बन्दहट्ताल भएको बेलमा पनि समाजमा सकारात्मक दिनका लागि अहिलेकै आवस्थामा पनि संचालनमा ल्याइएको बाजेको सेकुवाका प्रमुख कार्यकारी अधिकृत सुशिल खड्काले बताए । ‘हाम्रो काम व्यवसाय गर्नु मात्र होइन,’ उनले भने, ‘समाजमा सकारात्म सन्देश दिनुपनि हाम्रो दायित्व हो ।’

उक्त फ्रेञ्चाइजी हाईल्याण्ड फ्रुड्स प्रालिले संचालनमा ल्याएको हो ।

कम्पनीले केही समयभित्रै बजारमा आफ्नै स्वादको ‘प्याकेजिङ मिट’ र बाजेको सेकुवा स्वादको मसाला ल्याउने भएको छ । उक्त सामान ठूला सपिङ मलबाट खरिद गर्न सकिने छ ।

हाल बजारमा सामानको मुल्य ३ सय प्रतिशत बढीसक्दा पनि आफुहरुले साविककै मुल्यमा बेचिरहेको उनको दावी छ ।

यसैगरी, बाजेका सेकुवाका अध्यक्ष चेतन भण्डारीले नेपाली कम्पनीले आफ्नै ब्राण्डको फ्रेन्चाइजी संचालनमा ल्याएको पहिलो भएको दावी गरेका छन् ।

कम्पनीले निकट भविश्यमै विदेशमा पनि आफ्नो फ्रञ्चाइजी खोल्ने तयारी गरेपनि भुकम्प र हालको नकाबन्दीले गर्दा रोकिएको जानकारी दिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले यस्तो अवस्थामा नयाँ शाखा संचालनमा ल्याउनु एकदमै चुनौतीपुर्ण काम भएको उनले बताए । ‘अहिले व्यवसायीहरु उद्योगको नाम सुन्ने वित्तिकै तर्सने अवस्थामा छन्,’ उनले भने ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL