Logo

नाडाको सामाजिक उत्तरदायित्व, एपिएफ अस्पताललाई ५ थरीका मेडिकेटेड सामग्री सहयोग

नाडाको सामाजिक उत्तरदायित्व, एपिएफ अस्पताललाई ५ थरीका मेडिकेटेड सामग्री सहयोग



काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले एपिएफ अस्पताललाई मेडिकल सामग्री हस्तान्तरण गरेको छ । एसोसीएसनले आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना संक्रमण नियन्त्रणका लागि अत्यावश्यक हुने स्लीपर ५० सेट, थर्मोसल व्वाइलेट ५० सेट, बेड सिट ५० वटा, टावेल ५० वटा र मास्क ५ हजार वटा समेत गरी कूल ५ थरिका मेडिकेटेड सामानहरु कोरोना हस्तान्तरण गरेको हो ।

laxmi

एपिएफको कोभिड—१९ युनिफाईड अस्पतालका प्रास प्र उपनिरिक्षक डा. मिना कुवरलाई नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले हस्तान्तरण गरेका हुन् । ती सामानहरु हस्तान्तरण गर्ने क्रममा अध्यक्ष दुलालले नाडाकोतर्फबाट सक्दो थप सहयोग समेत गरिदै जाने बताए ।

सो कार्यक्रममा डा. मिना कुंवरले यस्तो बन्दाबन्दीको अवस्थामा पनि यसरी सहयोग गरेकोमा नाडालाई धन्यवाद दिदै सहयोगस्वरुप प्राप्त यी मेडिकेटेड सामानहरु विपन्न परिवारका सदस्यहरुलाई वितरण गरिने समेत बताईन ।

प्रतिक्रिया दिनुहोस्
MBL