Logo

फोर्डको शोरूम पोखरामा, एकैदिनमा १२ वटा कारको सर्भिसिङ गर्न मिल्ने

फोर्डको शोरूम पोखरामा, एकैदिनमा १२ वटा कारको सर्भिसिङ गर्न मिल्ने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

८ मंसिर, काठमाडौं । जिओ फोर्डले पोखरामा फोर्ड गाडीको अत्याधुनिक शोरूम स्थापना गरेको छ । फोर्डको नेपालका लागि आधिकारिक विक्रेता जिओ फोर्डले पोखराको रंगशाला गेटको अगाडी विक्री तथा सेवा सहितको शोरूम स्थापना गरेको हो ।

DSC03987सोमवार आयोजित कार्यक्रमबीच फोर्ड इण्डियाका विक्री महाप्रबन्धक अनुज त्यागी र जिओ फोर्डका आकाश गोल्छाले संयुक्तरुपमा शोरुमको उद्घाटन गरेका थिए ।

पोखरा, तनहुँ, बाग्लुङ, स्यांजालगायतका फोर्डका ग्राहकको सुविधाका लागिस्थापना गरिएको उक्त शोरूम ८ हजार वर्गफिटमा फैलिएको छ । शोरूममा एकैदिन १२ ओटासम्म कारको सर्भिसिङ गर्न सकिनेछ । ११ जना कर्मचारी रहने शोरूमले अन्तर्राष्ट्रियस्तरको सुविधा दिने कम्पनीले बताएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL