Logo

डिम्याटमा कर्जा लिन पाउने व्यवस्थाले पनि बढेन नेप्से, अन्तत ५ अंकले घट्यो

डिम्याटमा कर्जा लिन पाउने व्यवस्थाले पनि बढेन नेप्से, अन्तत ५ अंकले घट्यो


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता
८ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले डिम्याट (विद्युतीय अभिलेख र अभौतिक) भएका सेयरको धितोमा कर्जा लिन पाउने व्यवस्था गरेको भोलिपल्टै नेप्से परिसुचक ओरालो लागेको छ । डिम्याटको सेयरमा कर्जा लिन पाउने व्यवस्था गरेपछि बजार बढ्ने आश गरिएपनि ठिक त्यसको विपरित नेप्से परिसुचक घटेको छ ।
सोमबार बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक ४ दशमलव ८४ अंकले घटेको छ । आइतबार ६ दशमलव ६५ अंकले बढेर ८ सय ६९ विन्दुमा पुगेको परिसुचक सोमबार ८ सय ६४ विन्दुमा झरेको छ ।
सोमबार सवैभन्दा बढी बीमा समुहको परिसुचक २३ दशमलव ५५ अंकले घटेको छ । यस्तै, जलविद्युत् समहुको परिसुचक पनि १७ दशमलव ४४ अंकले घटेको छ । बजारमा सबै समुहको परिसुचक सामान्य रुपमा घटेकोे छ ।
सोमबार बजारमा कुल २२ करोड ५५ लाख रुपैयाँ बरावरको कुल ५ लाख ४९ हजार कित्ता सेयर कारोवार भएको छ । आइतबारको तुलनामा सेयर संख्या तथा कारोवार रकम दुवै घटेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL