Logo

नेपाल क्लियरिङ हाउसको अध्यक्षमा राम बहादुर मानन्धर नियुक्त, डेपुटी गभर्नरबाट लिए शपथ

नेपाल क्लियरिङ हाउसको अध्यक्षमा राम बहादुर मानन्धर नियुक्त, डेपुटी गभर्नरबाट लिए शपथ



काठमाडौं । नेपाल क्लियरिङ हाउस (एनसीएचएल)को अध्यक्षमा राम बहादुर मानन्धर चयन भएका छन् । कम्पनीको १६९ औं संञ्चालक समितिको बैठकले उनलाई सर्व–सम्मत रुपमा अध्यक्षको पदमा चयन गरेको हो ।

laxmi

सो सम्बन्धमा डेप्युटी गभर्नर डा. नीलम ढुङाना तिम्सिनासँग पदको लागि सपथ ग्रहणसमेत गरेका छन् । तत्कालीन अध्यक्ष नरेश शाक्यको नेपाल राष्ट्र बैंक भित्र विभाग परिवर्तन भए पश्चात मानन्धरले क्लियरिङ हाउसमा प्रतिनिधित्व गरेका हुन् ।

नेपाल क्लियरिङ हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंकबाट एक जना, वाणिज्य बैंकबाट तीन जना, विकास बैंक र वित्तीय कम्पनीबाट एक¬–एक जना प्रतिनिधि रहेका छन् । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्
MBL