Logo

सुल्झियो रानीपोखरी बिबाद, प्रताप मल्लकालीन शैलीमै बन्ने

सुल्झियो रानीपोखरी बिबाद, प्रताप मल्लकालीन शैलीमै बन्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । रानीपोखरीको पूननिर्माण प्रताप मल्लकालीन शैलीबाटै हुने भएको छ । बिहीबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा महानगर उपप्रमुख, राष्ट्रिय पुनर्निमाण प्राधिकरणका सचिव र पुरातत्व विभागका महानिर्देशक समेतको उपस्थितीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले रानीपोखरीलाई प्रताप मल्लकालीन शैली, स्वरुप र निर्माण सामग्री प्रयोग गरेर पून र्निमाण गरिने निष्कर्ष निकालेको छ । साथै रानी पोखरी पुन निर्माण सम्बन्धमा अध्ययन गरी १५ दिनभित्र सुझाव सहितको प्रतिवेदन दिन एक विशेष समिति गठन गरेको छ ।

पुरातत्व विभागका पूर्व महानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा ११ सदस्यी टोलि गठन भएको हो ।

सदस्यहरु भवन विभागका पूर्व महानिर्देशक सूर्यभक्त स्र्वागाछे, राष्ट्रिय पूनर्निमाण प्राधिकरणका महाशाखा प्रमुख राजु मानन्धर,संस्कृतिविद सुदर्शनराज तिवारी, पुरातत्व विभागका स्ट्रक्चरल इन्जिनियर पुरुषेत्तम डंगोल, संस्कृतविद काशीनाथ तमोटलगायतको छन् ।

सल्लाहाकारमा रक्षमन्त्री भिमसेनदाश प्रधान, केशव स्थपित र रन्जु दर्शना छन् । उक्त विशेषज्ञ समितिको प्रतिवेदन प्राप्त भई अर्को निर्णय नभएसम्मका लागि रानीपोखरीमा हाल भइरहेको कार्य स्थगित गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL